सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुँदै

शुक्रबार, १० भदौ २०७९, १९ : ५५
शुक्रबार, १० भदौ २०७९

अष्ट्रेलिया जान चाहेन विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । ग्रेस इन्टरनेशनलको आयोजनामा १९ भदौमा नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा मेला हुन लागेको हो । 

ग्रेस इन्टरनेसनलले शुक्रबार पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी गराएको छ । ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई सबै कुराका जानकारी मेलाबाट प्राप्त हुने बताए । अष्ट्रेलिया सरकारले १५० भन्दा बढी विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गर्ने गरेको तर, त्यो बारे नेपाली विद्यार्थीलाई कमै मात्रामा जानकारी हुने उनको भनाइ छ । 

अष्ट्रेलियाका २५ भन्दा बढी स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको भेला गराई ती संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क र परामर्श गराइने उनको भनाइ छ । ‘हामीले विद्यार्थीलाई जानुपर्छ मात्र भन्दैनौं । हामीले उनीहरूको करिअर काउन्सिलिङको काम पनि गर्छौ,’ पौडेलले भने । 

पछिल्लो समय अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई भिसामा कडाई गर्दै आएको छ । त्यसको पछाडिको कारण अष्ट्रेलियाको नीतिमा गरिएको कडाई नै रहेको पौडेलले बताए । ‘कोरोना महामारीपछि धेरै विद्यार्थीलाई भिसा दियो । त्यसमा पढाइको लागि भन्दा पनि कमाइतिर विद्यार्थीको ध्यान गएपछि कडाई गरेको देखिन्छ । पढाई कै लागि भनेर जाने विद्यार्थीलाई अष्ट्रेलियाले कहिल्यै पनि रोकेको छैन्,’ पौडेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप