शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट लागुऔषध र बन्यजन्तुको आखेटोपहार कारोबारी पक्राउ

शुक्रबार, १० भदौ २०७९, १९ : ४५
शुक्रबार, १० भदौ २०७९

काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट प्रहरीले लागुऔषध र बन्यजन्तुको आखेटापहार कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ छन् । 

भदौ ८ मा पक्राउ गरिएका तामाङको साथबाट लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र आखेटोपहार बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले रातोपाटीलाई बताए । काठमाडौंमा रहेको आरोपीको डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्कली रुपैयाँ, २३६ थान नक्कली अमेरिकी डलर, ११ वटा सालकको खपटा, ६ वटा जंगली जनावरको दाँत, पंक्षीको खुट्टा ३ वटा र विभिन्न जनावरका हड्डीहरु बरामद गरेको छ । 

उनको साथबाट प्रहरीले भुटान, म्यानमारसहित ९ देशका मुद्रा बरामद गरेको छ । थाइल्याण्डबाट ल्याएको एम्फेटामाइन १० हजारमा बेच्न खोज्दा पक्राउ परेका सुकबहादुर २०७४ माघमा खैरो हेरोइन सहित पाकिस्तानमा पक्राउ परेर छुटेका थिए । पेटमा लुकाएर पाकिस्तानको लाहोर हुँदै श्रींलंका जान खोज्दा पाकिस्तानी प्रहरीले पक्रेर उनलाई मुद्दा चलाएको थियो । त्यहाँ १६ महिना जेल बसेर उनी निस्केको ब्यूरोका एसपी खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप