वर्तमान समानुपातिक सांसदलाई कांग्रेसको अंकुश
नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ। कांग्रेस महामन्त्री गगन थापाले एक परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी भाद्र १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले भने क्षेत्रबाट आएको सिफारिसमा आफ्नो राय समेटेर भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा नाम पठाउनुपर्ने हुन्छ । यता, एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भदौ १८ गते जिल्लाले प्रदेश र २० गते प्रदेशले केन्द्रमा उमेदवार सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
प्रदेशतर्फ भने प्रदेशसभा क्षेत्रीय समितिले प्रत्यक्षतर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फका लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम भदौ १४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । यो एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाका लागि पठाइएको निर्देशन हो । प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसमा आफ्नो रायसहित प्रतिनिधिसभा क्षेत्रीय समितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ ।
जिल्ला कार्यसमितिले आफ्नो रायसमेत उल्लेख गरी भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने हुन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न काँग्रेसको परिपत्र छ ।
यस्तै तालमेल गर्दा अन्य दललाई छुट्याइएको स्थानमा कांग्रेसको उम्मेदवार खडा नगर्ने पनि पत्रमा स्पष्ट पारिएको छ । उक्त अवस्थामा गठबन्धन सम्बद्ध दललाई सहयोग गर्ने प्रतिबद्ध पत्र पनि सँगै पठाउन काँग्रेसले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !