शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१० दिनमा १५ जनामा हैजा पुष्टि

शुक्रबार, १० भदौ २०७९, १८ : ५४
शुक्रबार, १० भदौ २०७९

बितेको दश दिनमा १५ जनामा हैजा पुष्टि भएको छ । भदौ महिना शुरु भएदेखि १५ जना हैजाका बिरामी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  असार २ गते पहिलो पटक बागबजारमा यो आर्थिक वर्षमा पहिलो केस पुष्टि भएको थियो ।

त्यसयता हालसम्म ६९ जनामा हैजा पुष्टि भएको छ । जसमा ३७ जना पुरुष र ३२ महिलामा हैजा पुष्टि भएको छ । यस्तै, १ देखि ४ वर्ष उमेर समूहका १ जना र  ५ देखि १४ वर्ष उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका ४ महिला र १० पुरुष, २५ देखि ३४ वर्ष उमेर समूहका ७ महिला र ६ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । 

३५ देखि ४४ वर्ष उमेर समूहका ११ जना महिला र ४ जना पुरुष तथा ४५ देखि ५४ वर्ष उमेर समूहका ४ महिला र ३ पुरुषमा हैजा पुष्टि भएको छ । यसैगरी  ५५ देखि ६४ वर्ष उमेर समूहका  ५ महिला ४ पुरुष तथा ६५ देखि ७४ वर्ष उमेर समूहका १ महिला र २ पुरुषमा हैजा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप