मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउनु पर्छ : मन्त्री बडू

शुक्रबार, १० भदौ २०७९, १८ : ४१
शुक्रबार, १० भदौ २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दशँै–तिहारको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रवार संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा बोल्दै मन्त्री बडूले चाडवाडमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

उनले चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यवृद्धि रोक्नको लागि संघ, प्रदेश र स्थानीय तहले प्राथमिकता दिएर बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री बडूले बजार अनुगमनको लागि अहिले स्थानीय तह र प्रदेश सरकारलाई कानूनी समस्या नरहेको बताए । उनले प्रदेश सरकारलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६३ ले अनुगमन सम्बन्धि कानून बनाउने अधिकार दिएको बताए ।

मन्त्री बडूले उक्त ऐन अनुसार प्रदेश सरकारले बजार अनुगमन समिति बनाएर अनुगमन गर्नुपर्ने बताए । उनले स्थानीय तहले बजार अनुगमन गरेमात्रै प्रभावकारी हुनसक्ने दाबी गरे । उनले स्थानीय बजारको अनुगमनमा स्थानीय तह नै सक्रिय हुँदा अनुगमन गरेको जनताले अनुभुति गर्ने बताए ।

मन्त्री बडूले अहिले स्थानीय तह र प्रदेश सरकारले सही रुपमा अनुगमन गर्न नसकेको बताए । मन्त्री बडूले बजार अनुगमन गर्ने दायित्व आफ्नो पनि रहेको बुझेर स्थानीय तहले अनुगमन गर्नुपर्ने बताए । उनले सरकारले दुई पटक देशभर एकसाथ अनुगमन शुरु गरेको अनुभवले पनि स्थानीय तहको नै बजार अनुगमनमा क्रियाशीलता आवश्यक रहेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप