बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मेयर साहको अराजक गतिविधिले हाम्रो राजनीति प्रणालीमाथि आघात पुर्‍यायो : नेता विश्वकर्मा

शुक्रबार, १० भदौ २०७९, १८ : २२
शुक्रबार, १० भदौ २०७९

सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् ।  कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाएका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए ।

यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाई थियो । नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर साहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गरे । उनले मेयर साहको यस्तो गतिविधिले आफूहरुको राजनीतिक प्रणालीमाथि नै आघात पु¥याउनेतर्क समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप