भूमिहीनलाई भूमिपति बनाएरमात्र विश्राम लिन्छु : मेयर दाहाल
![भूमिहीनलाई भूमिपति बनाएरमात्र विश्राम लिन्छु : मेयर दाहाल](https://rpcdn.ratopati.com/media/albums/renu_3FNS8OAPmy.jpg)
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहीनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताएकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मेयर दाहालले रफ्तारमा काम सम्पन्न गरी विश्राम लिने बताएकी हुन् ।
२९ वटा वडाको लालपुर्जा वितरण गर्ने कार्य अब कुनै पनि कारण र बहाना गरेर नरोकिने उनको भनाइ छ । वर्षौदेखि रोकिएको गाँउ ब्लकको कार्यक्रम अन्तरगत भरतपुर २९ मा लालपुर्जा वितरण गर्नुका साथै वडा नम्बर २ मा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा दिएर उदाहारण प्रस्तुत गरेको मेयर दाहालले बताइन् । ‘निस्सा पाएपनि जग्गा पाइँदैन भन्दै विरोधीले हल्ला चलाएका छन’उनले भनिन्,‘अब तपाईहरु ढुक्क हुनुस् । हामी जिम्मेवार निकाय तपाइसँगै छौ । हल्लाका पछाडि नलाग्नुस् । हामी बोलेरभन्दा काम गरेर देखाउँछौ । विगतको कामबाट पनि प्रमाणित भइसेको छ ।’
उनले केही महिनाभित्रै लालपुर्जा दिएर छाड्ने प्रतिवद्धता जनाउँदै अव भाषणमात्रै सुन्न नपर्ने दावी गरिन् । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले वर्षदेखि जग्गा उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन २३ नम्बरका स्थानीयबासीहरु जग्गाको मालिक बन्ने प्रक्रिया सुरु भएको बताए । निर्वाचनमा गरेको बाचा अनुरुप अहिले लालपुर्जा वितरणको प्रक्रियामा गइसकेको उपप्रमुख अधिकारीको भनाइ छ ।
यस्तै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले निर्वाचन आचारसंहिताले लालपुर्जा वितरण कार्यक्रमलाई कुनै असर नपार्ने बताए । भूउपयोग ऐनले व्यवस्था गरेअनुसार लालपुर्जा बन्ने काम निरन्तर अगाडि बढ्ने अध्यक्ष तिमल्लिसनाको भनाइ छ । भरतपुर वडा नम्बर २३ मा शुक्रबार १८४ जनालाई निस्सा प्रदान गरिएको छ । साथै महानगर प्रमुख दाहालले भूमिहीन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरेर नापजाँपको शुभारम्भ गरेकी छन् ।
भरतपुर वडा नम्बर २३ र २४ मा विस २०३५ सालमा हेटौंडाको हटियाबाट बसाईंसराई गरी आएका भुमिहिन सुकुम्बासीको बसोबास छ । भरतपुर २३ मा मात्रै ९ सय ४ जना सुकुम्बासी छन् । भरतपुर महानगरका २९ वटा वडामा १० हजार ७९ जना सुकुम्बासीको बसोबास रहेको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा