शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वामपन्थी देशभक्तहरूलाई तालमेलको ढोका खुलै छ : एमाले नेता गुरुङ

शुक्रबार, १० भदौ २०७९, १७ : १६
शुक्रबार, १० भदौ २०७९

नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले १८ लाख पार्टी सदस्य थप्ने अभियानमा पार्टी लागेको बताएका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गुरुङले हाल एमालेका नौ लाख संगठित सदस्य रहेको भन्दै ती सबैले २ जनाका दरले थप्दा १८ लाख सदस्य थपिने बताए । 

उनले आगामी निर्वाचनमा एमालेले देशभक्त वामपन्थी शक्तिहरूसँग चुनावी तालमेलका लागि ढोका खुलै राखेको बताए । ‘तालमेलको ढोका खुलै छ । तालमेल नभई चुनावमै जानु हँुदैन भन्ने मानसिकतामा छैनौ’, उनले भने, ‘तालमेलमा आउन चाहने सवै वामपन्थी देशभक्त शक्तिहरूलाई स्वागत छ, हाम्रो ढोका खुलै छ । तर अन्तिम शक्ति आफ्नै हो त्यसमा भर पर्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप