पार्टीभित्रका अन्तरघातीलाई कारवाही हुन्छ : पृथ्वीसुब्बा गुरुङ
नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीको शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा छानविन कार्यदलका संयोजक विष्णु पौडेलले डकुमेन्टहरू प्राप्त भइरहेको र सोधपुछ समेत भइरहेको जानकारी गराएका थिए ।
उनले पार्टीभित्र रहेका समस्याहरुलाई कसरी समाधान गर्ने,निर्वाचनका क्रममा देखिएका असमझदारीहरूलाई कसरी समझदारीमा रुपान्तरण गर्ने र गलत कामहरूलाई कसरी सच्चाउने भन्ने बारेमा केही नीतिगत सैद्धान्तिक विषयहरु उल्लेख गरेपनि छानविनको क्रम नसकिएको जानकारी गराएका थिए ।
छानबिनबाट आउने निष्कर्षहरूलाई आवश्यकताका आधारमा पार्टी कमिटीमा प्रस्तुत गर्ने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले डकुमेन्टहरू प्राप्त भइरहेको र सोधपुछ पनि चलिरहेकाले त्यो क्रम सकिएपछि दोषीमाथि कारवाही हुने बताए । ‘कारवाही हुन्छ । भोलिका दिनमा संगठनात्मक अराजकता उत्पन्न नहोस् भनेर कार्यदलले प्रस्ताव ल्याउँछ’, गुरुङले शुक्रबारको बैठकपछि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक