शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय सदस्यमा मनोनित चार नेताले पाए जिम्मेवारी

शुक्रबार, १० भदौ २०७९, १७ : ००
शुक्रबार, १० भदौ २०७९

नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चारजना नेतालाई जिम्मेवारी दिएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेताहरुलाई जिम्मेवारी दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकका निर्णयबारे जानकारी दिँदै रिजालले नेता जीवन गौतमले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज पाएका छन् भने अमृतलाल राजवंशी झापा जिल्ला कमिटीको सहइन्चार्ज भएका छन् ।

त्यस्तै धर्मदत्त देवकोटा वागमती प्रदेश कमिटीको सहइन्चार्ज बन्दा बृजेशकुमार गूप्ताले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज पाएका छन् । जिम्मेवारी पाएका चारै जनाले शुक्रबार सपथ लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप