शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविमा अनेरास्ववियुको प्रदर्शन

शुक्रबार, १० भदौ २०७९, १६ : ४४
शुक्रबार, १० भदौ २०७९

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । त्रिविका विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

नेविसंघको तालाबन्दीका विरोधमा अनेरास्ववियुले त्रिवि परिसरमा शान्तिपूर्ण आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित पठनपाठन गर, परीक्षाको मर्यादा कामय गर आदि नारा लगाए र अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रदर्शन गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप