आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले नवौंमा स्वर्ण जित्ने खेलाडीलाई ६ हजार भत्ता दिने

शुक्रबार, १० भदौ २०७९, १६ : ३७
शुक्रबार, १० भदौ २०७९

बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।  प्रदेशले सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई भत्ता दिने निर्णय गरेको हो । 

अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि भत्ता दिने भएको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।  प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई दिने भएको हो । 

प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको ३६ वटै खेल विधामा बागमती प्रदेशको सहभागिता जनाउने भएको छ । त्यस्तै नवौं राष्टिय खेलकुद २०७९ मा सहभागी हने प्रदेशका खेलाडीहरूलाई ४५ दिने बन्द प्रशिक्षण राख्ने योजना बनाएको प्रदेश खेलकुद परिषद्ले बताएको छ । 

नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरू सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप