आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

केन्याविरुद्ध बलिङमा नेपाल

शुक्रबार, १० भदौ २०७९, १५ : ४४
शुक्रबार, १० भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको दोस्रो  टी–ट्वान्टी खेलमा टस जितेर बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा केन्याले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । 

विवेक यादवको ठाउँमा बसिर अहमद खेल्ने भएका छन् ।  आजको खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । 
पाँच खेलको टी–ट्वान्टी सिरिजको  तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप