बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री खापुङको वीर अस्पतालमा उपचार हुँदै

शुक्रबार, १० भदौ २०७९, १५ : ३४
शुक्रबार, १० भदौ २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।

मन्त्री खापुङलाई बान्ता हुने रिगांटा लाग्ने भएपछि वीर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको प्रेस सल्लाहकार केदार गौतमले बताए ।  स्वास्थ्यमा समस्या भएपछि दिउसो साढे २ बजे वीर अस्पतालमा उपचारका लागि लगिएका उनले बताए ।

मन्त्री खापुङको अस्पतालको भीआइपी कक्षमा उपचार सुरु भएको छ । हिजो मात्रै मन्त्री खापुङ पूर्वी जिल्लाहरुको भ्रमणपछि काठमाडौं फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप