आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक

शुक्रबार, १० भदौ २०७९, १५ : २२
शुक्रबार, १० भदौ २०७९

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई  जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको  छ ।

जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग)  तहमा वर्गिकरण गरेको छ ।

यस्तै,  क बर्गको स्वास्थ्य संस्थामा १०, ख बर्गको ८ र ग वर्गमा ६ जनाको दरबन्दी प्रस्ताव गरिएको  छ । यद्यपि मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संसोधन गर्नुपर्ने भएमा सुझाव दिन सरोकारवालालाई आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप