श्रीमान्को मृत्युको तस्बिर हेर्न बाध्य भइन् श्रीमती, पाइन् २ अर्ब क्षतीपूर्ति
अमेरिकाका स्टार बास्केटबल खेलाडी तथा सेलिब्रिटी कोबे ब्रायन्टको मृत्यु एक हेलिकोप्टर दुर्घटनामा सन् २०२० मा भएको थियो । दुर्घटनापछि सरकारी एजेन्सीले उनको तस्बिर सेयर गरेका थिए । त्यसपछि कोबे ब्रायन्टकी श्रीमतीले फोटो सेयर गरेको भन्दै मुद्दा दर्ता गरिन् र क्षतिपूर्तिको माग राखिन् । अदालतले उनलाई १६ मिलियन डलर (२ अर्ब रुपैयाँ) क्षतीपूर्ति दिने निर्णय सुनायो ।
दुर्घटनाका बेला कोबे ब्रायन्टसँग उनकी १३ वर्षकी छोरी र सात अन्य यात्री पनि थिए । दुर्घटनापछि मारिएकाहरुको फोटो लस एन्जेलिस काउन्टी शेरिफ र फायर डिपार्टमेन्टका कर्मचारीबीच सेयर गरिएको थियो । यसका लागि भेनेसाले लस एन्जेलिस प्रशासनविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
११ दिनसम्म चलेको सुनुवाईको क्रममा वेनेसा ब्रायन्टले एलए टाइम्सको समाचार पढ्दा आफू अन्य बच्चाहरुसँग घरमा रहेको सम्झना गरिन् ।
‘म घरबाट हतारिँदै बाहिर निस्किएँ । छोरीहरुले मलाई नदेखून् भनेर म घरको अर्को कुरामा दौडिएँ । म भाग्न चाहन्थेँ.... तल जान चाहन्थेँ र चिच्याउन चाहन्थेँ,’ उनले भनिन् ।
ब्रायन्टले भनिन्, ‘लिक भएका समाचार फोटोले मलाई विक्षिप्त तुल्यायो । सामाजिक सञ्जालमा यी तस्बिरहरु आइराख्ने भएकोले म हरेक दिन डरै डरमा जीवन बिताउँछु ।’
‘म यी फोटोहरु हेर्न चाहन्नँ,’ उनले भनिन् । ‘म मेरा श्रीमान् र छोरीलाई उनीहरु जस्तो छन्, त्यसरी नै सम्झिन चाहन्छु ।’
यी फोटोहरुले आफ्नो घाउमा नुन छर्किएको पनि उनले बताएकी छिन् ।
९ जना न्यायाधिसको बेन्चले एक मतले यो मामिलामा वेनेसाको पक्षमा निर्णय सुनाए । न्यायधिसले फोटोले वेनेसाको गोपनियता हनन भएको र यसका कारण उनी भावनात्मक संकटसँग जुध्नुपरेको स्वीकार गरे ।
निर्णयपछि वेनेसा ब्रायन्टले इन्स्टाग्राममा श्रीमान् र छोरीसँगको एउटा फोटो सेयर गरिन् । उनले लेखिन्, ‘आइ लभ यू ! जस्टिस फर कोबे एन्ड गिगि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख