शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नर्भिकले ल्यायो तीज अफर, हेल्थ प्याकेजमा भारी छुट

शुक्रबार, १० भदौ २०७९, १५ : ०४
शुक्रबार, १० भदौ २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । 

होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तीज प्याकेज रु. ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । 

यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ । यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९९९९ रुपैयाँमै खरीद गर्न सकिनेछ । 

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७७७७ रुपैयाँमै खरीद गर्न सकिने अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप