लघुबीमा कम्पनीको लाइसेन्स खुला
लघुबीमा कम्पनीको लाइसेन्स खुलेको छ । बीमा समितिले ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
सात प्रदेशमा एउटा एउटा हुने गरी ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गर्दै शुक्रबार सूचना प्रकाशित गरेको छ । लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
सूचनामा उल्लेख गरेअनुसार लघु बीमामा यसअघि नै कुनै बीमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्नेगरी आवेदन दिन पाइने छैन । लघुबीमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ ।
जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ । सूचनामा भनिएको छ, ‘यसअघि नै प्राप्त भएका नयाँ लघुबीमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो