मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ओलीले भने– हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहका टाउका होइनन्

शुक्रबार, १० भदौ २०७९, १४ : ०२
शुक्रबार, १० भदौ २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनको आलोचना गर्दै एमालेको पक्षमा जनमत रहेको दाबी गरेका हुन् ।
उनले प्रतिवेदनमा भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लडन डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन, यसले उनीहरूको शक्ति, सामर्थ्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धर्मराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ । हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन् ।’

उनले मुलुकमा जुन ढङ्गको राजनीतिक नवीकरण भइरहेको छ त्यो तत्कालका लागि यो चुनौतीपूर्ण भएपनि दीर्घकालीन हिसाबले सकारात्मक रहेको पनि ओलीको ठहर छ ।  ‘तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्रा विरूद्धको घेराबन्दी र बृहत् षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन’, ओलीको भनाइ छ, ‘स्थानीय निर्वाचनमै पनि हामीले देख्यौं– व्यापक घेराबन्दीलाई चिर्दै नयाँ ढंगले अगाडि बढेको हाम्रो पार्टीले सत्ताको चरम दुरूपयोग र गठबन्धनका बाबजुद जनताको सर्वाधिक मत र विश्वास हासिल गर्न सफल भयो ।’ 

जनताको बीचमा पार्टीलाई अझ दृढतापूर्वक स्थापित गर्ने, भ्रमहरु चिर्ने, पार्टीको आन्तरिक एकतालाई थप सुदृढ गर्ने, विभिन्न पार्टीमा अलमलिएका सकारात्मक पक्षहरुलाई पार्टीमा गोलबन्द गर्ने र सिङ्गो पार्टी पङ्क्ति एउटै लयका साथ अगाडि बढे अहिलेको चुनौतीमाथि सहजै विजय हासिल गर्न सकिने ओलीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप