शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छः वाइसीएल अध्यक्ष शेर्पाली

शुक्रबार, १० भदौ २०७९, १२ : ४३
शुक्रबार, १० भदौ २०७९

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् । 

राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए ।  केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् । 

आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक  सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप