बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षरोपण गर्ने

शुक्रबार, १० भदौ २०७९, १२ : ११
शुक्रबार, १० भदौ २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्दो छ । 

दुई साता अघि काठमाडौं आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरुलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । 

हर्कको निम्तो स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा सहभागी हुने भएका छन् । दिउँसो १ बजेका लागि सो कार्यक्रम तय भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप