शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

किन बोलेनन् आर्यन र नम्रता ?

शुक्रबार, १० भदौ २०७९, ११ : ५३
शुक्रबार, १० भदौ २०७९

आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी एक समय दर्शकले राम्रो रुचाएको जोडी हो । प्रेमकथाको फिल्ममा राम्रो रुचाइएको यो जोडीको पहिलो सहकार्य ‘मेरो एउटा साथी छ’ मा भएको थियो । त्यसपछि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ मा पनि एकसाथ देखिएर दर्शकको मन जित्न सफल भए ।

दर्शकले रुचाएको यो जोडीलाई दर्शकले ‘क्लासिक’ पछि भने एकसाथ देख्न पाएका छैनन् । निर्देशक दिनेश राउतले ‘क्लासिक’ पछि एक फिल्ममा दुबैलाई लिने तयारी गरेका थिए । तर विभिन्न कारणले त्यो सम्भव हुन सकेन ।

अझै दर्शक दुबैलाई हेर्न इच्छुक छन् । तर, त्यो सम्भावना न्युन भएको बताइन्छ । किनभने पछिल्लो समय आर्यन र नम्रताको सम्बन्ध राम्रो नभएको बताइन्छ । जसलाई आयोजित फिल्म ‘प्रकाश’ को प्रिमियरले पनि बल पुर्याएको छ ।

बुधबार बिग मुभिजमा आयोजित प्रिमियरमा आर्यन र नम्रता एक अर्काेसँग बोलेनन् । निर्देशक दिनेश राउतले  फिल्मको ब्यानर अगाडि नम्रता र आर्यनलाई लिएरसँगै फोटो खिचेका थिए । शो क्रममा पनि दुबैले एकअर्काेलाई चिनेजस्तो समेत गरेनन् । आर्यन र नम्रता निर्देशक राउतलाई फिल्मको शुभकामना दिन हलमा पुगेको थिए । 

दिनेशले एकातिर आर्यन र अर्कोतिर नम्रतालाई राखेर तस्विर खिचाए । त्यसपछि मिडियाकर्मीले तस्विरका लागि आर्यन र नम्रतालाई एकसाथ उभिन आग्रह गरे । दुबैले तर्किन खोज्दा खोज्दै निर्देशक राउतलेसँगै उभ्याए । दुबैले सँगै तस्बिर त खिचे । तर, एकअर्काको अनुहारसम्म पनि हेरेनन् ।

‘प्रकाश’ हेरेपछि नम्रतासहित अधिकांश फिल्मकर्मीले मिडियामा आफ्नो धारणा राखेका थिए । तर, आर्यन भने लुसुक्क निस्किए । प्रिमियरमा आर्यन श्रीमतीसँग पुगेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप