गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।
नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
‘विद्यालयमा बालबालिकाहरूलाई कम्प्युटर शिक्षाका साथै दृष्य चित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौँ । गाउँका बालबालिकाहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो,’ माबोहाङले भने । विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो । नगरपालिका सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको हो । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु समेत भएको छ । बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताइन् ।
गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महशुस गरेका छन् । घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्याउन नै समस्या हुँदै स्थानीय वेदना लिम्बूले बताइन् । उनी भन्छिन्, ‘ गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो मात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।’
विद्यालय स्थापनाको लागि स्थानीय लोकमान लिम्बू मादेनले निस्शुल्क जग्गा प्रदान गरेका थिए । जग्गा प्रदान गर्ने मादेन र उनका श्रीमती टिकामाया लिम्बूलाई सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह