शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रदेश एकको बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान

शुक्रबार, १० भदौ २०७९, ११ : ०३
शुक्रबार, १० भदौ २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् । प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन । 

आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर आउन लागेको प्रदेश-१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ‘मिक्सो’ले बताए । ‘हामीले प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहित सदस्यहरुको बैठक गर्न लागेका छौ । बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कमरेड आउनुहुनेछ’ नेम्वाङले भने । 

चुनावको समिति घोषणा भएपछि प्रचण्ड प्रदेशलाई सक्रिय बनाउन आफै बैठकमा सहभागी हुन लागेका हुन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप