शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर भिड्दै 'प्रकाश’ र ‘राधा’

शुक्रबार, १० भदौ २०७९, १० : ५०
शुक्रबार, १० भदौ २०७९

आज शुक्रबारबाट देशभर दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रकाश’ र ‘राधा’ । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । देशभर एकसाथ प्रदर्शनमा आएका दुबै फिल्म निर्माण पक्षले राम्रो भएको दाबी गर्दै आएको छ । बलिउड फिल्म ‘लाइगर’ बिहिबार लागेको कारण मल्टीप्लेक्सले दुबै फिल्मलाई न्युन शो दिएको छ । 

प्रकाश :
‘प्रकाश’ मा पछिल्लो समयका स्टार प्रदीप खड्काको मुख्य भुमिका रहेको फिल्म हो । नेपाल लगायत युएई, ओमान, बहराइन कतारलगायतका देशहरुबाट समेत एकसाथ प्रदर्शनमा आएको फिल्म 
अग्रिम बुकिङ खुल्ला भएको हो । महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । गत बुधबार फिल्मको रेर्डकार्पेट प्रिमियर समेत आयोजना भएको थियो । प्रिमियरमा समेत सबैको प्रशंसा पाउन सफल फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । शिक्षक बन्ने एक युवाले गर्ने संघर्षको कथामा बनेको यो फिल्ममा मुख्य पात्रका माध्यमबाट बर्षिय विभेदको कुरा पनि उठाइएको छ ।

फिल्ममा प्रदीपको अलवा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । बिकास सुबेदीको लेखन रहेको फिल्म राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । 

महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गरेका हुन् । 

‘राधा’ :
‘सुनगाभा’ फिल्मका निर्देशक सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘राधा’को पनि बिहिबार प्रिमियर गरिएको थियो । प्रिमियरमा सुखद प्रतिक्रिया पाएको फिल्ममा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेल लगायतको अभिनय छ ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएसनमा निर्माण रहेको फिल्ममा  बिक्रमदास जोशी सह–निर्माता रहेका छन् । निर्देशक सुवर्णको कथा रहेको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप