बालेनको टीम ‘स्ट्यान्डबाई’, कहाँ–कहाँ चल्दैछ डोजर ?
शुक्रबार, १० भदौ २०७९, १० : ३७
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा अवैध संरचनामा डोजर लगाउने कार्य शुक्रबार पनि निरन्तर रहने भएको छ ।
पछिल्लो दुई दिन राजधानीका विभिन्न स्थानमा डोजर चलाएर अवैध संरचना भत्काइएकामा शुक्रबार पनि यो कार्यलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ । त्यसका लागि मेयर बालेनको टीम डोजरसहित ‘स्ट्यान्डबाई’ रहेको छ।
आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ ।
यसअघि महानगरपालिकाले अल्फा बिटा कम्प्लेक्स, आरबी कम्प्लेक्स, काठमाडौं मललगायतमा बनेका अवैध संरचना हटाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’