बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

शुक्रबार, १० भदौ २०७९, ०८ : २२
शुक्रबार, १० भदौ २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् । 

यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप