लघुबीमाको चुक्ता पुँजी तोकियो, ७ वटालाई लाइसेन्स बाडिने
प्रस्तावित लघुबीमाका लागि नियामक बीमा समितिले अन्ततः लाइसेन्स दिने भएको छ । समितिले प्रत्येक प्रदेशमा एक(एक वटा लघुबीमा रहने गरि ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको हो ।
शुक्रबार एक सूचना गर्दै समितिले लघुबीमाको संख्यासहित कम्पनीको चुक्ता पुँजी समेत तोकेर लाइसेन्सको प्रस्ताव आह्वान गरेको छ ।
सूचना अनुसार पहिलो चरणमा तीनवटा जीवन र ४ वटा निर्जीवन लघुबीमालाई लाइसेन्स दिइनेछ । यस्तो लघुबीमा कम्पनीका लागि न्यूनतम् ७५ करोड चुक्ता पुँजी आवश्यक रहने समितिले जनाएको छ ।
योग्यता पुगेका कम्पनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । तर, यसअघि नै अन्य, जीवन बीमा वा निर्जीवन बीमाको सञ्चालक, संस्थापक सेयरधनी वा हिस्सेदार (क्रस होल्डिङ) भएका व्यक्तिले आवेदन दिन पाउनेछैनन् ।
लघुबीमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ ।
समितिमा यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्ध गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्न भनिएको छ । प्राप्त प्रस्तावहरू मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स प्रदान गर्ने समितिले जनाएको छ ।
समितिले साउन ३१ गते लघुबीमाको लाइसेन्स सम्बन्धि निर्देशिका जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण