लघुबीमाको चुक्ता पुँजी तोकियो, ७ वटालाई लाइसेन्स बाडिने

प्रस्तावित लघुबीमाका लागि नियामक बीमा समितिले अन्ततः लाइसेन्स दिने भएको छ । समितिले प्रत्येक प्रदेशमा एक(एक वटा लघुबीमा रहने गरि ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको हो ।
शुक्रबार एक सूचना गर्दै समितिले लघुबीमाको संख्यासहित कम्पनीको चुक्ता पुँजी समेत तोकेर लाइसेन्सको प्रस्ताव आह्वान गरेको छ ।
सूचना अनुसार पहिलो चरणमा तीनवटा जीवन र ४ वटा निर्जीवन लघुबीमालाई लाइसेन्स दिइनेछ । यस्तो लघुबीमा कम्पनीका लागि न्यूनतम् ७५ करोड चुक्ता पुँजी आवश्यक रहने समितिले जनाएको छ ।
योग्यता पुगेका कम्पनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । तर, यसअघि नै अन्य, जीवन बीमा वा निर्जीवन बीमाको सञ्चालक, संस्थापक सेयरधनी वा हिस्सेदार (क्रस होल्डिङ) भएका व्यक्तिले आवेदन दिन पाउनेछैनन् ।
लघुबीमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ ।
समितिमा यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्ध गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्न भनिएको छ । प्राप्त प्रस्तावहरू मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स प्रदान गर्ने समितिले जनाएको छ ।
समितिले साउन ३१ गते लघुबीमाको लाइसेन्स सम्बन्धि निर्देशिका जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा युवा नेता निराजन बम रिहा
-
मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल
-
मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पताल अनुगमन, केही बन्द गर्न निर्देशन
-
धुर्मुस–सुन्तलीले सामान लगेको पैसा नदिए महानगरविरुद्ध अदालत जाने १७ कम्पनीको चेतावनी
-
नेपाल प्रहरीका ५३ जना प्राविधिक वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापना
-
व्यापार नीतिको तेस्रो समीक्षासम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न