शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाई फेष्टिभ डिलाइट अफरका विजेता घोषित

शुक्रबार, १० भदौ २०७९, ०८ : १०
शुक्रबार, १० भदौ २०७९

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेष्टिभ डिलाइट २०७८ का बम्पर विजेताको नाम घोषणा गरेको छ ।

अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत  १ जना विजेतालाई हुन्डाई आइ ट्वान्टी जित्ने मौका थियो ।

बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौका लोकेश बज्रचार्यले हुन्डाई आइ ट्वान्टी जितेका छन् । सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप