मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

शुक्रबार, १० भदौ २०७९, ०६ : ४२
शुक्रबार, १० भदौ २०७९

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह 'सी' मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।

समूह 'ए'मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह 'बी' मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।

समूह 'डी' मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से ररहदा समूह 'ई'मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह 'एफ' मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह 'जी' मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह 'एच' मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप