आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ग्रुप अफ डेथ : बार्सिलोना, बायर्न र इन्टर एकै समूहमा

बिहीबार, ०९ भदौ २०७९, २२ : ४७
बिहीबार, ०९ भदौ २०७९

च्याम्पियन्स लिग फुटबलको समूह तालिका सार्वजनिक भएको छ । बिहीबार राति भएको सार्वजनिक तालिकामा तीन क्लब एकै समूहमा परेका हुन् ।  टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२÷२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।

लिगको प्रदर्शन आधारमा २६ टोली र प्ले अफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरणमा स्थान बनाएका थिए ।  ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।​

​हेर्नुस् कुन समूहमा कुन टोली :

समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्स

​समूह बी : पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज

​समूह सी :  बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन

​समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से​

समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से

​समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब

​समूह एफ : रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक

​समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन

​समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मक्काबी हाइफा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप