अमेरिकी प्रथम महिला बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । उनकी सञ्चार उपनिर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।
नियमित परीक्षणका क्रममा गत मङगलवार भने उनलाई सङ्क्रमण देखिएको थिएन । उनले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन् ।
यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनले घरमै छुट्टै बस्ने र मास्क लगाउने गर्दै आएको उनको सचिवालयले जनाएको छ । उनी दश दिनसम्म छुट्टै बस्ने भएकी छन् ।
उनले पनि आफ्नो सम्पर्कमा आएकालाई तत्काल परीक्षण गर्ने थप फैलिन नदिन सबैलाई अनुरोध गरेकी छन् । प्रथम महिला बाइडेनलाई गत आइतबार सङ्क्रमण नदेखिएपछि उनी दक्षिण क्यारोलिनाबाट राष्ट्रपति बाइडेनसँगै डेलावेर गएकी थिइन् । प्रथम महिला बाइडेनलाई सङ्क्रमण पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या भने नरहेको जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती