आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

बिहीबार, ०९ भदौ २०७९, २१ : १०
बिहीबार, ०९ भदौ २०७९

ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।

चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप