बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’

बिहीबार, ०९ भदौ २०७९, २१ : ०२
बिहीबार, ०९ भदौ २०७९

‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् ।  राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।

उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा मोनालिसा पराजुली फोर्थ रनरअप, सेफिना जोशी थर्ड रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, विपना फस्ट रनरअप घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप