बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आइतबारदेखि आन्दोलन गर्ने रेल्वे पीडित संघर्ष समितिको चेतावनी

बिहीबार, ०९ भदौ २०७९, २० : ५९
बिहीबार, ०९ भदौ २०७९

मुआब्जा वितरणमा समस्या देखिएको भन्दै महोत्तरीको बर्दिवासमा गठित रेल्वे पीडित संघर्ष समितिले बिहीबार रेल्वे विभागको जनकपुरस्थित कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

बर्दिबासबाट जनकपुरधाम पुगेका पीडितले सरकारले भने बमोजिमको मुआब्जा रेल्वे विभागले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

मुआब्जा दर रेट निर्धारणको क्रममा बर्दिबासको मुसहरबस्ती जाने बाटो र खोल्सी पैनीबीचको जग्गालाई १५ लाख रुपैयाँ मुआब्जा दिने सहमति भएपनि रेल्वे विभागले १० लाख रुपैयाँमात्र मुआब्जा उपलब्ध गराएको उनीहरुको आरोप छ ।

यससँगै रेल्वेमा नपरेका जग्गा पनि रेल्वे विभागले नापी कार्यालयमा रोक्का गरेको भन्दै सम्बन्धित कार्यालयमा ध्यानाकर्षण गराएका छन् । मुआब्जा पीडितहरुले तीन दिनमा समस्या समाधान नभए आइतबारदेखि रेल्वे कार्यालय अगाडि धर्ना दिने चेतावनी दिएका छन् ।

महोत्तरीको बर्दिवास वडा नम्बर १ निवासी शंकर फुयालले रेल्वे विभागले मुआब्जा वितरणमा र रेल्वेमा नपरेका जग्गाहरू समेत रोक्का गरेको विषयप्रति ध्यानाकर्षण गराएको बताए । उनले तत्काल समस्या समाधान नभए आइतबारदेखि धनुषा र महोत्तरीका रेल्वे पीडितहरु एकजुट भएर आन्दोलन गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप