वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने
नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषण विरुद्ध सङ्घर्ष गर्ने भएको छ ।
दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए ।
वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण नागरिक राज्यविहीन बन्नुपर्ने अवस्थाको अन्त्यका साथै अतिक्रमित नेपाली भूमि रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजना गरिने उनले बताए । १६ देखि २६ वर्षसम्मको युवालाई वाइसिएलमा आबद्ध गर्न तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।
कार्यक्रममा दोस्रो राष्ट्रिय भेलाबाट नवनिर्वाचित अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्ष गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पालगायत पदाधिकारीले पदभार ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण