शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश कांग्रेसले निर्वाचनका लागि ८ जिल्लामा ६४ जना प्रतिनिधि खटायो

बिहीबार, ०९ भदौ २०७९, २० : ३६
बिहीबार, ०९ भदौ २०७९

नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ। कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो। 

महामन्त्री वृहत् श्रेष्ठका अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र  संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ। ‘प्रदेश सदस्यहरूलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए , ‘प्रदेश प्रतिनिधि लाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ।’

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिनपछि सारेको हो । कांग्रेसले सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्तालाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ। कांग्रेस कार्यालय मुख्यसचिवका  अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिलाई पत्रसमेत दिइएको छ ।  कांग्रेस मधेस प्रदेश प्रतिनिधिहरूलाई निर्वाचनलाई केन्द्रित गरी स्थलगत रुपमा खटाएको प्रदेश सभापति कृष्ण प्रसाद यादवको हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप