ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणाका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए ।
पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई संशोधन गरेर पर्यटनमैत्री ऐनका लागि आफूले पहल गर्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताए ।
नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पोखरालाई उत्कृष्ट गन्तब्य बनाउनका लागि सबैको साझा उद्देश्य र कार्यगत एकताको खाँचो औंल्याए । पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले देश विकासमा नीजि क्षेत्रको योगदान उल्लेख्य रहेको चर्चा गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा परिषद्को भूमिका महत्वपूर्ण रहेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले राज्यका नीति पर्यटनमैत्री हुन नसक्दा यस क्षेत्रको विकासमा बाधा परेको औँल्याउँदै पर्यटन विकासमा विभाजित नभई साझा सोच र विचारबाट अघि बढ्न आवश्यक रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी