सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रणवीर सिंहसँग नेपाली मोडल मुनाको सेल्फी

बिहीबार, ०९ भदौ २०७९, १९ : ५३
बिहीबार, ०९ भदौ २०७९

नेपाली अभिनेत्री तथा मोडल मुना गौचन बलिउड अभिनेता रणवीर सिंहसँग फिल्म खेल्ने भएकी छन् । बिहीबार रणवीरसँग सेल्फी खिचेको पोष्ट सार्वजनिक गर्दै छिट्टै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् । 

तर फिल्मको बिषयमा उनले केही पनि बताएकी छैनन् । रणवीर र मुना सेल्फीमा निक्कै खुसी देखिएका छन् । नेपालमा फिल्म ‘जालो’ बाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मोडलिङ र अभिनयका लागि मुम्बईमा बस्दै आएकी छन् ।

अभिनयका लागि मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताउदै आएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप