आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

बिहीबार, ०९ भदौ २०७९, १८ : ०८
बिहीबार, ०९ भदौ २०७९

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्न थालेको छ । पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने क्र्यूड ओयल डटकमले कच्चा तेलको मूल्य बढ्न थालेको जानकारी दिएको हो । १६ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, अहिले पुनः उकालो लागेर १०१ अमेरिकी डलर प्रति ब्यारेल भन्दा माथि पुगेको छ ।

यस्तै, १८ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य ९५ अमेरिकी डलर प्रति ब्यारेल रहेको थियो । यसका साथै, २३ अगस्टमा यसको मूल्य प्रति ब्यारेल ९९ अमेरिकी डलर प्रति ब्यारेल थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप