शुक्रबारको सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग
शुक्रबार जारी सेयर कारोबार बन्द गर्न लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग माग गरेका छन् । बिहीबार केही लगानीकर्ताहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
‘केही साथीहरु आएका थिए । शुक्रबारको कारोबार बन्द गर्नुपर्यो भन्ने उहाँहरुको माग थियो । अन्तर्राष्ट्रिय बजारमा सातामा ५ दिन मात्र सेयर कारोबार हुने हुँदा नेपालमा पनि सोही कारोबार दिन कायम गर्नुपर्ने उहाँहरुले माग छ । यस विषयमा नेप्सेले यसअघि देखिनै तयारी गरिरहेकै छ’ कार्कीले रातोपाटीसँग भने ।
उसो त सरकारले गत बैशाखमा एक निर्णय गर्दै जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार विदा दिएसँगै सेयर बजार समेत प्रभावित हुन पुगेको थियो । आइतबार सार्वजनिक विदा हुने भएपनि सो दिनको सेयर कारोबार दिनलाई शुक्रबार सारिएको थियो ।
तर,साताको दुई दिन सार्वजनिक विदा एक महिनापनि राम्रोसँग टिक्न सकेन । कार्यान्वयनको एक महिनामा नै सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरेपनि यता शुक्रबारका लागि खुल्ला गरिएको सेयर कारोबार भने रोक्का हुन सकेन । हाल आइतबारदेखि शुक्रबारसम्मै सातामा ६ दिन सेयर कारोबार हुँदै आएको छ । लगानीकर्ताहरुको मागकै बीच शुक्रबारको सेयर कारोबार बन्द गर्ने तयारी भइरहेको सीईओ कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण