प्रदेश १ मा गठबन्धनसँग एमाले एक्लै लडे ३ सिट, राप्रपा मिले ६ सिट !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा कस्तो आउला भन्नेमा दलहरु आन्तरिक लेखाजोखामा छन् । स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्ष पदका उम्मेदवारले ल्याएको मतका आधारमा आसन्न निर्वाचनको नतिजा कस्तो आउन सक्छ भन्ने आकलन भइरहेको छ ।
प्रदेश १ मा सोही मतलाई आधार मानेर हेर्दा दलहरु एक्लाएक्लै भिड्दा एमालेले २० सिट जित्न सक्ने देखिएको छ । कांग्रेसले भने इलाम २, ओखलढुंगा, झापाको क्षेत्र नम्बर ३, मोरङको क्षेत्र नम्बर ५, मोरङको क्षेत्र नम्बर ६, सुनसरीको क्षेत्र नम्बर २ र ४ र सोलुखुम्बु निर्वाचन क्षेत्र जित्न सक्ने देखिन्छ ।
सत्ता घटक माओवादी केन्द्रले स्थानीय तहमा उसका वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत परिणामको आधारमा कुनै पनि सिट एक्लै जित्न सक्ने अवस्था देखिँदैन ।
वडाध्यक्षको मतको आधारमा २०७४ सालको निर्वाचनमा पनि सिटको आकलन गरिएको थियो तर त्यतिबेला मत परिणाममा निकै फेरबदल आएका कारण अहिले पनि सम्भावित नतिजा यही आउँछ भनेर भन्न सक्ने अवस्था छैन ।
सत्तारुढ दलहरु एकठाउँ भए एमालेको कति ?
स्थानीय तह निर्वाचन २०७९ को वडागत मतलाई आधार मान्ने हो भने एमाले एक्लै लडेको खण्डमा प्रदेश १ मा ३ सिटमा सीमित हुनसक्ने देखिन्छ । सबै मिल्दा पनि एमालेले जित्न सक्ने क्षेत्र भनेको झापाको क्षेत्र नम्बर ५, २ र १ छन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । झापाको निर्वाचन क्षेत्र १ भनेको यसअघि वाम गठबन्धनबाट विजयी बनेका माओवादी केन्द्रका नेता राम कार्कीको क्षेत्र हो । यस्तै झापा २ भने एमाले नेतृ पवित्रा निरौला तथा नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाको निर्वाचन क्षेत्र हो ।
२८ वटा संघीय निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा गठबन्धन भएको अवस्थामा २२ वटा सिट सत्ता पक्षले जित्न सक्ने स्थानीय तहको वडा अध्यक्षका उम्मेदवारको मत परिणामले देखाउँछ । राप्रपासँग एमालेले तालमेल वा गठबन्धन नगरे सत्ता गठबन्धनले थप ३ सिट जित्न सक्छ ।
राप्रपा मिलेको खण्डमा थपिन्छ ३ सिट
झापा जिल्लामा भने गठबन्धन दलहरु एकताबद्ध भएर गए पनि राप्रपासँग एमाले मिलेको खण्डमा एमाले–राप्रपा गठबन्धनलाई पराजित गर्न संकट देखिन्छ । त्यसबाहेक सुनसरीको क्षेत्र नम्बर १ पनि एमाले र राप्रपा गठबन्धन सत्ता गठबन्धनका लागि भारी पर्ने देखिएको छ ।
राप्रपासँग मिल्दा प्रदेश १ का ६ सिटमा एमाले–राप्रपा गठबन्धन हावी हुन सक्छ भने राप्रपाले एमालेलाई सहयोग नगरेको अवस्थामा एमालेले झापा क्षेत्र नम्बर ३, झापा क्षेत्र नम्बर ४ र सुनसरी क्षेत्र नम्बर १ गुमाउन सक्छ ।
राप्रपा–एमाले गठबन्धन भए एमालेले झापाको ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिनै पर्छ । त्यसबाहेक राप्रपालाई एमालेले झापाको अर्को कुनै क्षेत्र दिए एमालेको सिट संख्या अझै घट्न सक्ने देखिन्छ ।
सत्ता गठबन्धन दलहरुबीच हुने भागबण्डा र पार्टीभित्रको असन्तुष्टिको सम्बोधन कसरी हुन्छ भन्ने विषयले नै प्रदेश १ मा एमालेको नतिजा कस्तो आउँछ भन्ने टुङ्गो लाग्ने छ । यस अतिरिक्त राप्रपाले कसलाई सघाउने निर्णय गर्छ भन्ने विषयले पनि केही निर्वाचन क्षेत्रको परिणाम निर्धारण हुन सक्छ ।
प्रदेश १ मा २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सबैभन्दा धेरै मोरङमा ६, झापामा ५ र सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र छन् । यस्तै इलाम र उदयपुरमा २÷२ वटा निर्वाचन क्षेत्र छन् । अन्य जिल्ला ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा १÷१ निर्वाचन क्षेत्र छन् ।
कसको कति मत, हेर्नुहोस् तथ्याङ्कमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत