शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

५ हजार बढी प्रहरी जवान दीक्षित

बिहीबार, ०९ भदौ २०७९, १७ : २४
बिहीबार, ०९ भदौ २०७९

नेपाल प्रहरीका ५ हजार बढी जवानहरू दीक्षित भएका छन् । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका हुन् ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त दीक्षान्त समारोहमा ७ सय १४ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

त्यस्तै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त तालिम केन्द्रबाट ५ सय २८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

साथै बागमती प्रदेश प्रहरी गण हेटौंडाको दीक्षान्त समारोहमा वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उता, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालित तालिमबाट दीक्षितहरुलाई प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त तालिम केन्द्रबाट ३ सय ८१ जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले पनि ४ सय ८६ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । कर्णालीमा पनि ४ सय ८५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । दीक्षितहरुलाई प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे भने सुदूरपश्चिममा ३ सय ९३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । दीक्षितलाई प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

यता, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा ९५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप