हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आचार्यलाई हाजिर गरायो ।
मन्त्रालयले खरिदार आचार्यको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आचार्यले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आचार्यले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आचार्यको हाजिर गराएको थियो । आचार्य हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।
उक्त पत्रमा आचार्यलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइयो, तर आचार्यलाई भने मन्त्रालयको निर्णय थाहा नै भएन । उनको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालयमार्फत साउन २३ गतेकै मितिमा खरिदार आचार्यलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाडौंमा काज सरुवा गरेको पत्र प्राप्त भएपछि आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताए ।
‘मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठूलो गल्ती गरेको छ,’ समन्वय समितिका प्रमुख साहले भने, ‘हाजिर गराएको दुई घण्टा नबित्दै हुलाकमार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाएँ ।’ यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उनको सरुवा भएको रहस्य खुलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल