आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

बिहीबार, ०९ भदौ २०७९, १६ : ३६
बिहीबार, ०९ भदौ २०७९

स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् । उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ । तर त्यसका लागि केही अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने तामाङको भनाइ छ । तर, कसरी सम्भव छ त ?

यस्ता छन् तामाङका १० सूत्रः

 १. घरघरमा जम्मा हुने फोहोर तीनवटा बाल्टीमा छुट्टाछुट्टै राख्ने । जसमा कुहिने, नकुहिने र पुन प्रयोगमा(सिसा, फलाम र कागज)

२.कुहिने फोहोर बिहान-बेलुकै नै महानगरपालिकाले उठाउने । नकुहिने एक साता वा एक महिनामा उठाउने ।

३. यसरी छुट्याएपछि काठमाडौमा बढि भएको खाद्यन्न (कुहिने फोहोर) ६ लाख केजीमात्रै हुन्छ ।

५.यो कुहिने वस्तुबाट बंगुर पाल्ने ।

६.दैनिक ६ लाख केजी काठमाडौ उपत्यकाबाट निस्कने त्यस्तो वस्तुले १ लाख २० हजार बंगुर पाल्ने । त्यसमा २५ हजार मानिसले रोजगारी समेत पाउँछन् ।

७. बंगुरबाट हुने आम्दानीले युवाहरुलाई रोजगारी सिर्जना हुने र महानगर वा नगरको अतिरिक्त आम्दानी पनि हुन्छ ।

८. त्यसरी पालिएको बंगुर दैनिक ५ हजार बयस्क हुन्छ । त्यो बयस्क बंगुरलाई मासु फ्याक्ट्री खोलेर चीनसँगको हाम्रो व्यापार बृद्धि यहि बंगुरको मासु बेचेर गर्ने ।

९.बंगुर पाल्न मानवबस्ती नभएको ठाउँ प्रयोग गर्न सकिन्छ । काठमाडौको हकमा चोभार भन्दा तल बागमतीको किनार प्रयोग गर्न सकिन्छ ।

१०.यसका लागि १ अर्व बजेट छुट्याउँदा हुन्छ । यसरी फोहोरलाई मोहोर बनाउन छोडेर बञ्चरे डाँडा खोजेर समस्या समाधान हुदैन । ६ महिनाभित्र यसरी फोहोर व्यवस्थापन गर्न र आम्दानी समेत बढाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप