शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

केन्याविरुद्ध बलिङमा नेपाल

बिहीबार, ०९ भदौ २०७९, १५ : ५६
बिहीबार, ०९ भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा टस जितेर ब्याटिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल केही समय ढिला सुरु भएको हो ।  आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ । 

पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ । 

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ । सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन्  २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप