सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार

बिहीबार, ०९ भदौ २०७९, २२ : ५५
बिहीबार, ०९ भदौ २०७९

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २.८६ अंकले बढेको बजारमा आज १८.२९ अंकले गिरावट आउँदै २०३९.५५ अंकमा झरेको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७८ अंकले घट्दै ३९४.५१ अंकमा झरेको छ । १८ अंकमाथिले घटेको बजारमा आज १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक मध्ये १३ वटै ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । 

सबैभन्दा बढी अप्पर हेउवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप