आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । साथै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताएका हुन् ।
उनले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् । ‘हिजो मात्रै बालुवाटारमा छलफल हुँदै थियो । उनीहरुले हाम्रो मत साढे चार लाख मात्रै भन्दै थिए’, अध्यक्ष नेपालले भने, पोखराको हिसाव खोइ भनेर मैले भनेपछि कुरा त ठिकै हो है ! भन्दै थिए ।’ उनले निर्वाचन आयोगको तथ्यांक पनि गलत रहेको बताए । उनले स्थानीय निर्वाचनमा सवै ठाउमा उम्मेदवार उठाएको भए १५ देखि २० लाख भोट पाउने र त्यति भोट पाउँदा अवको चुनावमा १५ देखि २० सिट कसैले रोक्न नसक्ने बताए ।
आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाउन सक्ने भन्दै उनले मूकदर्शक भएर बस्ने आफ्नो पार्टी नभएको भन्दै ख्याल गर्न चेतावनी दिए । उनले निराश हुनुपर्ने अवस्था नहरेको भन्दै पाल्पा, पोखरा, रौतहट लगायतका जिल्लामा पार्टी प्रवेशको आकर्षण बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन
-
‘सगरमाथा संवाद’ पूर्व कार्यक्रमको टोली थामेमा
-
मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन