शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले खेलकुद नीति तयार गर्दै

बिहीबार, ०९ भदौ २०७९, १५ : ११
बिहीबार, ०९ भदौ २०७९

बागमती प्रदेश सरकारले आफ्नो खेलकुद नीति तयार गर्नको लागि प्रारम्भिक मस्यौदाको तयारी गरेको छ । प्रारम्भिक मस्यौदालाई परिष्कृत गरि मस्यौदा बनाउनको लागि खेल विज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समूहको सदस्यहरूमा डा.अच्युत लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी रहेका छन् । समितिले तीन महिनाभित्र अन्तिम मस्यौदा तयार गरि प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशलाई हस्तान्तरण गर्नेछ । उक्त मस्यौदालाई परिषद्ले प्रदेश भित्रका खेलाडी तथा सरोकारवाला व्यक्तिहरुसँग बृहत छलफल गरेपछि मात्रै मन्त्रालयमा पेश गर्नेछ ।

खेलकुद नीतिमा प्रदेश सरकारले आगामी दिनमा गर्ने खेलकुद विकाससम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको मार्गदर्शन गर्नेछ । प्रदेशको खेलकुदको स्तरलाई कति वर्षमा कुन स्तरमा पुर्याउने र त्यसको लागि कस्तो संरचनागत बिकास र जनशक्ति विकासको कार्यक्रम ल्याउने भन्ने कुरालाई खेलकुद नीतिले निर्देशित गर्नेछ ।

केन्द्र सरकारले समेत हालसम्म आफ्नो खेलकुद नीति बनाउन नसकिरहेको अवस्थामा बागमती प्रदेशले भने प्रदेश खेलकुद नीतिको अन्तिम तयारी गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप