केपी ओलीको गुटबन्दी समयमै विश्लेषण गर्न सकेनौँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेका कमजोरी र असन्तुष्टि समेटेर गुट बनाएको र अन्त्यमा पार्टी कब्जा गरेको बताए ।
‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘ नेपालको राजनीतिमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुवात गरे र त्यस गुटबन्दीका विरुद्ध जुध्ने काम हामीले किन गर्न सकेनौ ?’ उनले ओलीको गुटबन्दीविरुद्ध जति जुध्नुपर्ने थियो त्यति जुध्न नसकेको स्वीकार गरे ।
‘झापा संघर्षको बेला पनि को-के कालमा पनि जुध्ने काम भएको थियो । नेकपा मालेको कालमा पनि जुध्ने काम भएको थियो । एमालेकालमा पनि जुध्ने काम भयो तर जति जुध्नुपर्ने हो त्यति जुध्न सकेनौ’, अध्यक्ष नेपालको भनाइ छ । जुध्न नसक्दा ओलीको गुट विस्तारै बलियो हुँदै गएको नेपालले बताए । ‘जुध्न नसक्दा उनको गुट बलियो हुँदै गयो, भ्रम फैलाउँदै गए । विभिन्नलाई गोलबन्द गराउँदै गए र नवौं महाधिवेशनमा पार्टीको शक्ति हाँसिल गरे’, पुर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।
उनले पार्टी अध्यक्ष भएपछि वास्तविक चरित्र उजार हुँदै गएको भन्दै पार्टी एकता भएपछि आफूहरु खुसी भएपनि ओलीले आफ्नै पहलमा एकता भएको भनेर अहंकार देखाएपछि समस्या भएको बताए । अध्यक्ष नेपालले गुटवादल, भ्रष्टिकरण जस्ता रोग अहिले पनि कम्युनिस्ट आन्दोलनमा कायमै रहेको बताए । ‘सम्भावना राम्रो छ । तर हाम्रा सामु रहेका चुनौतीलाई वेवास्ता गर्यौ भने सम्भावनालाई उपयोग गर्न सक्दैनौ हामी समयमै विश्लेषण गर्न सकेनौ’, उनले क्रान्तिकारी विचारको आधारमा त्यस्ता पार्टीहरूबीच एकता गर्न जरुरी रहेको पनि बताए ।
उनले ओलीको व्यक्तिवादी र दक्षिणपन्थी अवसरवादी तथा विदेशी सामु लम्पसारवाद पर्ने प्रवृति अझै रहेको भन्दै यो प्रवृति कम्युनिस्ट पार्टीमा मात्रै नभएर नेपालको समग्र राजनीतिमा देखापरेको गम्भीर प्रवृति भएको बताए । ‘यसविरुद्ध सवै लोकतान्त्रिक शक्तिले जुध्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण