आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओलीको गुटबन्दी समयमै विश्लेषण गर्न सकेनौँ : माधव नेपाल

बिहीबार, ०९ भदौ २०७९, १५ : ०६
बिहीबार, ०९ भदौ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेका कमजोरी र असन्तुष्टि समेटेर गुट बनाएको र अन्त्यमा पार्टी कब्जा गरेको बताए । 

‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘ नेपालको राजनीतिमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुवात गरे र त्यस गुटबन्दीका विरुद्ध जुध्ने काम हामीले किन गर्न सकेनौ ?’ उनले ओलीको गुटबन्दीविरुद्ध जति जुध्नुपर्ने थियो त्यति जुध्न नसकेको स्वीकार गरे । 

‘झापा संघर्षको बेला पनि को-के कालमा पनि जुध्ने काम भएको थियो । नेकपा मालेको कालमा पनि जुध्ने काम भएको थियो । एमालेकालमा पनि जुध्ने काम भयो तर जति जुध्नुपर्ने हो त्यति जुध्न सकेनौ’, अध्यक्ष नेपालको भनाइ छ । जुध्न नसक्दा ओलीको गुट विस्तारै बलियो हुँदै गएको नेपालले बताए । ‘जुध्न नसक्दा उनको गुट बलियो हुँदै गयो, भ्रम फैलाउँदै गए । विभिन्नलाई गोलबन्द गराउँदै गए र नवौं महाधिवेशनमा पार्टीको शक्ति हाँसिल गरे’, पुर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ । 

उनले पार्टी अध्यक्ष भएपछि वास्तविक चरित्र उजार हुँदै गएको भन्दै पार्टी एकता भएपछि आफूहरु खुसी भएपनि ओलीले आफ्नै पहलमा एकता भएको भनेर अहंकार देखाएपछि समस्या भएको बताए । अध्यक्ष नेपालले गुटवादल, भ्रष्टिकरण जस्ता रोग अहिले पनि कम्युनिस्ट आन्दोलनमा कायमै रहेको बताए । ‘सम्भावना राम्रो छ । तर हाम्रा सामु रहेका चुनौतीलाई वेवास्ता गर्यौ भने सम्भावनालाई उपयोग गर्न सक्दैनौ हामी समयमै विश्लेषण गर्न सकेनौ’, उनले क्रान्तिकारी विचारको आधारमा त्यस्ता पार्टीहरूबीच एकता गर्न जरुरी रहेको पनि बताए । 

उनले ओलीको व्यक्तिवादी र दक्षिणपन्थी अवसरवादी तथा विदेशी सामु लम्पसारवाद पर्ने प्रवृति अझै रहेको भन्दै यो प्रवृति कम्युनिस्ट पार्टीमा मात्रै नभएर नेपालको समग्र राजनीतिमा देखापरेको गम्भीर प्रवृति भएको बताए । ‘यसविरुद्ध सवै लोकतान्त्रिक शक्तिले जुध्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप